Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, July 18, 2018

३५ लाखको पुल, लाखौ-लाख भ्रष्टाचार

देविस्थान, म्याग्दी
श्रावण ०२ ।
              
          म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमानामा फेदी स्थित दाङ्ग खोलामा बनाइएको पुल सोचे भन्दा निकै बढी बजेट लागेर बनाइएको भन्ने समाचार हरु यतिबेला बजारमा पाइन्छ।
उक्त पुलको कुल लागत ३५,०८,०४८।- (पैंतिस लाख अाठ हजार अठचालिस रुपैँया ) रहेको समाचारमा उल्लेख छ।

म्याग्दी अनलाइन नामक अनलाइन पोर्टल बात प्रकाशित समाचारमा यो कुरा स्पस्ट पारिएको हो। यसबारे दाङ्खोला अस्थाई पुल निर्माण उपभोक्ता समितिले बिज्ञप्ति निकालेर आफुहरुको गल्ति नरहेको सरकारी संयन्त्रकै ढिला सुस्तिको कारण यस्तो हुन पुगेको बताएको छ। तर जे जस्तो बहेपानी जसको गल्ति भएपनि त्यति सामान्य अस्थाई पुलको लागि ३५ लाख माथि खर्च हुनु निकै हास्यास्पद कुरा हो।

पुलमा भन्दा धेरै पैसा सम्बन्धितहरुको खल्तीमा पुगेको कुरा जस्तो लाटाले पनि सहजै अनुमान लगाउन सक्छ।
मन्त्रि परिषदको कार्यलय मार्फत यसको सत्य तथ्य बुझेर दोषी उपर कडा कारबाही गरिने हेलो सरकारले जानकारी गराएको छ।

[ साभार : आर एम खबर डट कम ]

Sunday, July 8, 2018

तमुवान मगराँत संघर्ष समितिद्धारा २५ गते गण्डकी प्रदेश बन्दको घोषणा

पोखरा,
२४ असार ।

               तमुवान मगराँत संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्दको  घोषणा गरेको छ । ४ नं प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले २५ गते सोमबारगण्डकी प्रदेश बन्द गर्ने आईतबार बिरोध पर्दशन मार्फत जानकारी दिएको हो ।

ऐतिहासिक तमु तथा मगर समुदायको थाकथलोलाई जातिय पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्दको घोषणा गरेको सँघर्ष समितिका संयोजक कर्म तमुले बताए ।

उनले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने रमाईलोछडटकमलाई बताए । प्रदेशको नाम गण्डकी राखिएकोले बिरोध गर्दै महेन्द्रपुलमा लगेर गण्डकी नामको अन्त्याष्टी गरेको समेत बताए ।

उनले आर्थिक मामिला मन्त्री किरण गुरुङ तथा संस्कृतीविद जगमान गुरुङलाई सामाजिक बहिष्कार गरिसकेको बताउदै समानुपातिक तथा जनजातीको कोटाबाट सांसद बनेकाहरुले जातिय पहिचान र अधिकारको पक्षमा वकालत नगरी पार्टीको खेलौना भएको भन्दै उनीहरुको समेत बिरोध गरीएको बताए ।

समितिका प्रबक्ता हुम गुरुङले शैक्षिक संस्था, यातायात सहित बजारहरु समेत बन्द हुने बताए । उनले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने जानकारी दिदै बन्दलाई सफल पार्न सरोकार सबैमा अनुरोध समेत गरेका छन । 

[ साभार : रमाईलो छ डट कम ]

तमुवान मगराँत संघर्ष समितिद्धारा २५ गते गण्डकी प्रदेश बन्दको घोषणा

पोखरा,
२४ असार ।

               तमुवान मगराँत संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्दको  घोषणा गरेको छ । ४ नं प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले २५ गते सोमबारगण्डकी प्रदेश बन्द गर्ने आईतबार बिरोध पर्दशन मार्फत जानकारी दिएको हो ।

ऐतिहासिक तमु तथा मगर समुदायको थाकथलोलाई जातिय पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्दको घोषणा गरेको सँघर्ष समितिका संयोजक कर्म तमुले बताए ।

उनले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने रमाईलोछडटकमलाई बताए । प्रदेशको नाम गण्डकी राखिएकोले बिरोध गर्दै महेन्द्रपुलमा लगेर गण्डकी नामको अन्त्याष्टी गरेको समेत बताए ।

उनले आर्थिक मामिला मन्त्री किरण गुरुङ तथा संस्कृतीविद जगमान गुरुङलाई सामाजिक बहिष्कार गरिसकेको बताउदै समानुपातिक तथा जनजातीको कोटाबाट सांसद बनेकाहरुले जातिय पहिचान र अधिकारको पक्षमा वकालत नगरी पार्टीको खेलौना भएको भन्दै उनीहरुको समेत बिरोध गरीएको बताए ।

समितिका प्रबक्ता हुम गुरुङले शैक्षिक संस्था, यातायात सहित बजारहरु समेत बन्द हुने बताए । उनले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने जानकारी दिदै बन्दलाई सफल पार्न सरोकार सबैमा अनुरोध समेत गरेका छन । 

[ साभार : रमाईलो छ डट कम ]

Thursday, June 28, 2018

दाङ्गखोला झोलुङ्गे पुल आज हस्तान्तरण गरियो

देविस्थान, म्याग्दी
असार १४ ।
                          आज दाङ्गखोला सुता तल्लोकिवि झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै हस्तान्तरण गरिएको छ। आजकै दिन आयोजनाको सार्वजनिक लेखापरिक्षण गरि सो पुल जन्तालाई हस्तान्तरण गरिएको हो। सो पुलको कुल लागत ३१,४३,४२५.१२ रहेको थियो भने जस्मा समुदायको लागत ७४,८०० रहेको पुल निर्माण समितिका अध्यक्ष्य कुल बहादुर घर्तीले "मेरो देविस्थान" लाई जानकारी दिए ।




 आज भएको कार्यक्रम पुलको उद्घाटन ज्येष्ठ नागरिक दलबल सिउथानीले गर्नुभएको थियो भने सो कार्यक्रममा पुलका अध्यक्ष्य कुल बहादुर घर्ती, तुल प्रसाद बुढाथोकी, श्रीधर भण्डारी, होम बहादुर बुढाथोकीलगएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रममा पुल निर्माणका लागी जग्गादाताहरु रामप्रसाद बुढा, कुलमती बुढा, दलमन राना, मदन राना, बेलबहादुर राना, किर्मा फगामी, जौली फगामीलगाएत सम्पुर्ण पुल निर्माण समितिहरुलाई सम्मान गरिएको थियो।














Monday, April 30, 2018

देविस्थानमा चट्याङ पर्‍यो, आज पनि १ घाईटे

देविस्थान बैशाख १७ ।
                 म्याग्दीको देविस्थानमा केही समययता चट्याङको प्रकोप बढ्दै गएको छ । केही समय अगाडी देविस्थानकै बङ्दुङ्ग आसपासको क्षेत्रमा चट्याङ खस्दा १ भैसीको मृत्यु र २ जना सामान्य घाईते भएका थिए भने आज सल्लाबोट आसपासको क्षेत्रमा खस्दा तेके विकको ११ बर्षीय छोरी सीता विकलाई सामान्य चोट लागेको छ।

घरमा नै बसेको बेला चट्याङ्को झट्का लागेको बुबा तेके विकले बताउनुभयो। अहिले सामान्य उपचार पछि सीताको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताउनुभयो। चट्याङ पर्नु फाईदाजनक भएतापनी एक महिनाको समयमा नै त्यसरी धनजनको क्षति हुनुभनेको नराम्रो रहेको स्वास्थ्यकमीको भनाई छ।

Sunday, November 27, 2016

खाद्य बस्तुको मुल्य

                          देवताभिर युवा क्लब मगरदाङ्गले मिति २०७३-०५-१० गतेका दिन छलफल गरि तोकेको खाद्य बस्तुको मुल्य निम्नानुसार छ:


यदि यो मुल्य कार्यान्वयन नगरेको वा घटबढ गरेको खण्डमा निम्नानुसर दण्ड गरिने जानकारी दिएको छ।
१. पहिलो पटकमा : रु २००
२. दोश्रो पटकमा : रु ३००
३. तेश्रो वा सो भन्दा माथी गरेको खण्डमा क्लबले आवश्यक कानुनी कार्बाही गर्नेछ ।

ज्यामीहरुको परिश्रमिक मुल्य

                देवताभिर युवा क्लब मगरदाङ्गले मिति २०७३-०५-१० गतेका दिन छलफल गरि तोकेको ज्यामीहरुको परिश्रमिक मुल्य निम्नानुसार छ:


यदि यो मुल्य कार्यान्वयन नगरेको वा घटबढ गरेको खण्डमा निम्नानुसर दण्ड गरिने जानकारी दिएको छ।
१. पहिलो पटकमा : रु २००
२. दोश्रो पटकमा : रु ३००
३. तेश्रो वा सो भन्दा माथी गरेको खण्डमा क्लबले आवश्यक कानुनी कार्बाही गर्नेछ ।

Tuesday, November 22, 2016

एक खेलमै ९ गोल प्रहार गरे मेख पुर्जाले

                १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ । जसमा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए।



डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले देविस्थानकै गौ गम बस्त्र माविलाई १ का विरुद्ध ९ गोल प्रहार गरेको थियो । जसमा माउण्ट एभरेष्टका प्रविण हमाल सर्वाधिक गोलकर्ताको सुचीमा रहेका थिए तर एउटै खेलमा पुर्जाले ९ गोल गरेपछि प्रतियोगिता थप रोमाञ्जक बनेको छ। त्यससँगै गोल बर्साउने पुर्जा जेसीज कपमा चर्चाका पात्र बनेका छन् । सर्बाधिक गोलकर्ता मेख बहादुर पुर्जालाई मेरो देविस्थानको शुभकामना ।

तातोपानी बोडिङ स्कुललाई भिम माविले हान्यो १२ गोल

                 म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ ।

मंगलबार विहान भएको पहिलो खेलमा बेनी नगरपालिका अन्र्तरगत पर्ने तातोपानी बोडिङ स्कुललाई सुन्यका विरुद्ध १२ गोल प्रहार गर्ने क्रममा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए। खेलको सुरुवात मै हावि भएको भीम माविका खेलाडीले दर्शकलाई समेत चकित पदैं लगातार गोल बर्साएका थिए ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

Monday, November 21, 2016

गौ बोम बस्त मावि १ का विरुद्ध ९ गोलले पराजित

                    म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५ औं जेसीज कप फुटबल प्रतियोगितामा गतबर्षको विजेता उद्घाटन खेल खेल्ने गरी आयोजकले केहीदिन अगाडी घोषण गरेको थियो । जसमा माउण्ट एभरेष्ट आवासीय मावि र देविस्थान गा.वि.स.को गौ बोमबस्त माविको उद्घाटन खेलको तालिका अनुसार दुवै विद्यालयका खेलाडीहरू मैदानमा उत्रिए ।


देविस्थानमा रहेको खेल मैदानमा अभ्यास गरिरहेका गौ बोमबस्त मावि खेलाडीहरूले माउण्टका खेलाडीहरूसंग प्रतिस्पर्धामा खुल्लामञ्चमा उत्रिएको केही समयपछि माउण्टका खेलाडीहरू हावी भए ।

खेलमा माउण्टका खेलाडीले १ का विरुद्ध ९ गोलको फराकिलो अन्तरले विजय सुरूवात गरे । घरेलु मैदान, खचाखच दर्शकको उपस्थिति, नियमित अभ्यास तथा विगतका अनुभव सहित खेल मैदानमा उपस्थिति भएका माउण्टका क्याप्टेन प्रविण हमालले पहिलो खेलमै ५ गोल प्रहार गरेर चर्चा मात्रै कमाएनन् जेसीजक कप फुटबलमा आफ्नो नेतृत्वमा रहेका खेलाडीहरूलाई उत्साहित बनाउँदै विपक्षीलाई झस्काउन सफल भएका छन् । भने श्री गौ बोमबस्त माविका खेलाडीहरु पहिलो खेलबाट नै बाहिरीएका छन् ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

Sunday, October 23, 2016

फाइनलमा भोली जे.पी.सी. र दुखु भिड्दै

                         न्यु देविस्थान युवा क्लब राजदाङ्गले आयोजना गरेको दशै मेला २०७३ को फाइनलमा भोली जे.पी.सी. दरबाङ्ग र दुखुबेसी भिड्दै छन्। आज भएको सेमीफाइनल खेलमा जे.पी.सी. दरबाङ्गले ट्याक्सी ब्यबसाय टीमलाई १:० को अन्तरले गोल गर्दै जे.पी.सी. दरबाङ्ग फाइनलमा पुगेको हो भने दुखुले आयोजक न्यु देविस्थान युवा क्लब (NDYC) राजदाङ्गलाई १:० कै अन्तरले गोल गर्दै फाइनलमा पुगेको हो।

                         

न्यु देविस्थान कप २०७३ तथा दशै मेलाको फाइनल खेल भोली दिउसो सन्चालन हुने आयोजकले जनाएको छ। फाइनल खेल जित्नेले प्रथम पुरस्कार स्वरुप रु १,१५,००० रुपैयाँ हात पर्नेछ भने दोस्रो पुरस्कार रु ५५,००० रुपैयाँ रहेको छ। कसले प्रथम पुरस्कार हात पर्छ त्यो त भोलीको नतिजाले नै देखाउने छ।

                           Image result for football Final

                          Image result for football Final  

Friday, October 14, 2016

न्यु देविस्थान कप भोलीदेखी सुरु

                              हरेक बर्ष न्यु देविस्थान युवा क्लब राज्दाङ्ग २,३ र ४ ले श्री भीम माविको प्राङ्गणमा आयोजना गर्दै आएको दशैमेला तथा न्यु देविस्थान कप २०७३ भोलीदेखि सुरु हुने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेको र आज साँझ ५ बजेतिर तिम दर्ता कार्यलाई रोकेर भोलीदेखि नै मेलाको शुरुवाट गर्ने आयोजकले जानकारी दिएको छ।


यो समाचार तयार गर्दासम्म जम्मा ११ तिमको मात्र नाम दर्ता भएको र अझै तिम दर्ता कार्य जारी रहेको आयोजकले जानकारी दिएको छ। भोली १/२ म्याच मात्र हुनेछ। मेला करिब ८ देखि १० दिन सम्म लाग्ने अनुमान गरिएको छ।



Monday, September 26, 2016

देविस्थान जाउँ, दशैँ मेलामा रमाऔ

                       आउँदै गरेको बडा दसैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्यक्त गर्दै न्यू देविस्थान युथ क्लब राजदाङ्गले बिबिध कार्यक्रमहरु गरी मेला आयोजना गर्ने भएको छ। सो मेलाका कार्यक्रमहरुमा पुरुष फुटबल, महिला फुटबल, भुपु फुटबल, तारोखेल, साँस्कृतिक कार्यक्रमलगाएतका छन् ।

कार्यक्रमहरु 
१. पुरुष फुटबल प्रतियोगिता
प्रथम पुरस्कार : रु. १,१५,०००
दोस्रो पुरस्कार : रु. ५५,०००
२. महिला फुटबल प्रतियोगिता
प्रथम पुरसकार: १०,०००
दोस्रो पुरस्कार : ५,०००
३. भुपू फुटबल प्रतियोगिता
प्रथम पुरस्कार: १०,०००
दोस्रो पुरस्कार: ५,०००
४. तारो खेल प्रतियोगिता
प्रथम पुरस्कार : ४०,०००
दोस्रो पुरस्कर : २०,०००
५. सासकृतिक कार्यक्रम
प्रथम पुरस्कार : ६,०००
दोस्रो पुरस्कार : ३,०००
६. अन्य

Monday, September 12, 2016

दरबाङलाई केन्द्र बनाउन देविस्थानबासीको माग

                         म्याग्दीको पश्चिममा पर्ने जिल्लाकै दोश्रो ब्यापारीक केन्द्र दरबाङलाई प्रस्तावित मालिका गाउँपालिकाको केन्द्र बनाउन देविस्थानबासीहरुले माग गरेका छन्। त्यसका साथै दरबाङ्ग, निस्कोट, रुम, ओखरबोट, विम र अर्मन गाविसका स्थानीयले पनि दरबाङ्गलाई केन्द्र बनाउन माग माग गरेका छन् ।

स्थानीय तह पुर्नसंरचना सरोकार समिति दरबाङकी संयोजक सुनमायाँ गुरुङ्गले जिल्लास्तरबाट पुर्नसंरचना आयोगमा दरबाङ क्षेत्रमा नगरपालिकाको प्रस्ताब गरिएको भन्दै त्यसमा स्थानीयको सहमति नभएको बताईन् । "पश्चिम क्षेत्रको भौगोलिक विकट, यातायात, सञ्चार, शिक्षा, खानेपानीका कारणले पनि नगरपालिका बनाउन संभव छैन”, उनले भनिन्, ‘त्यसका लागि गाउँपालिका नै बनाउनुपर्छ र केन्द्र दरबाङलाई तोकिनुपर्छ ।” ज्ञापन पत्र बुझाउन हरेक गाविसका बुद्धिजीवि तथा समाजसेवीहरुको सहभागिता थियो । गाउँपालिकाका लागि दरबाङमा पर्याप्त जग्गा नभएको भन्ने कुरा निराधार भएको दरबाङका युवा हिरा पुनले बताए ।

[ साभार : म्याग्दी अनलाईन डटकम ]

Sunday, September 4, 2016

घरीथोकको डाडाकटेरीमा पहिरो खस्यो, एक बेपत्ता

                शुक्रबार राती म्याग्दीको देविस्थान–५ घरथोकको डाडाकटेरीमा पहिरोले दुई घर पुरिएका छन् । भग बहादुर घर्ती र करिमा बुढाको घर पुरिएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । पहिरोमा पुरिर एक जना बेपत्ता भएको जानकारी आएपनि पुष्टी हुन सकेको छैन ।

घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय दरवाङका निरिक्षक उपेन्द्रपुरुष तिमिल्सिनाको नेतृत्वमा एक टोली प्रस्थान गरेको छ । पहिरोमा पशुचौपाया समेत परेपनि क्षतीको विवरण प्राप्त नभएको म्याग्दीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । ‘घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली गएको छ । स्थानीयबासीसंग सहकार्य गरेर बैकिल्पक ब्यवस्था गरिन्छ’ उनले भने । शुक्रबार राती पश्चिम म्याग्दीमा बर्षा भएको थियो ।

[ साभार : http://myagdikali.com/82886.html ]



Friday, May 27, 2016

Score Of Football Match 2073 (Male)

                                            पहिलो चरण                                              
                                          २०७३-०२-११ गते मंगलबार



                                         Quarter Final                                           
                                           २०७३-०२-१५ गते शनिबार
                                            २०७३-०२-१६ गते आइतबार



                                        Semi Final                                       
                                                  २०७३-०२-१७ गते सोमबार


                                        Final                                               





फुटबल खेलको यस Update मा सहयोग पुर्‍याउनुहुने सबैलाई धेरै-धेरै धन्यवाद ।
१. जीवन बुढाथोकी [ अदक्ष्य देवताभीर युवा क्लब ]
२. मदन राना [ खेल अदक्ष्य ]
३. प्रशुराम फगामी [ खेल सचिब ]

Monday, May 23, 2016

बुद्धजयन्ती मेलाको तयारी अन्तिम चरणमा

                 श्री देवताभीर यूवा क्लव देविस्थान ५, ६, र ७ मगरदाङले "खेल स्वास्थ्यका लागि,
खेलाडी राष्ट्रका लागि" भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको २५६०औ बुद्धजयन्ती तथा
देउताभीर मेला २०७३ को तयारी लगभग पुरा भएको छ। फुटबल प्रतियोगितामा २३ टिमको सहभागी
हुने लगभग निश्चित भएको छ भने मेलाको प्रमुख उद्देश्य ओझेलमा रहेको देउताभीर गुफाको
प्रचार-प्रसार गर्ने रहेको क्लवका अध्क्षय जीवन बुढाथोकीले जानकारी दिनुभयो। 

Sunday, May 15, 2016

बुद्द जयन्ती तथा देवताभीर मेला २०७३

         २५६० औ बुद्द जयन्तिको अवसरमा श्री देवताभीर यूवा क्लव देविस्थान ५, ६, र ७ मगरदाङले "खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि" भन्ने मुल नाराका साथ विविध खेल तथा सांगेतिक कार्यक्रमहरु गर्ने भएको छ। क्लवले यो वर्ष गा.वि.स. स्तरिय महिला फुटबल प्रतियोगिता समेत गर्ने भएको छ। त्यसका साथै गा.वि.स. स्तरिय पुरुष फुटबल प्रतियोगिता, भु.पु. फुटबल प्रतियोगिता, गा.वि.स. स्तरिय तारो खेल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता समेतका कार्यक्रमहरु आयोजना गर्ने भएको छ।

बुद्द जयन्तिको अवसरमा हरेक बर्ष श्री देवताभीर यूवा क्लवले विविध कार्यक्रमहरु गर्दै आएको छ। यस बर्षको कार्यक्रमका लागि पनि तयारि भैरहेको क्लवका अध्यक्ष जीवन बुढाथोकीले जानकारी दिनुभयो । सो मेलाको अवसरमा किरण पुन, दिल बहादुर रसाइली, निर्मला गर्बुजा लगाएतका कलाकारहरुको उपस्थति रहने छ भने मिडिया तथा वेब पाटनर "मेरो देविस्थान"ले गर्नेछ। साथै मेलामा भएका विविध खेलहरुको Score Update गर्नुका साथै फुटबलको नेपाली भाषामा Live Commentry Update "मेरो देविस्थान"ले गर्नेछ।

"बुद्द जयन्ति मेला २०७३" को अवसरमा निम्न खेल तथा कार्यक्रमहरु हुने छन :


Thursday, March 31, 2016

भिम माविको स्वर्ण जयन्तिमा हुने कार्यक्रमहरु

                   यहि २०७३ वैशाख ६ गतेदेखि हुने भिम माविको स्वर्ण जयन्तिका अवसरमा हुने कार्यक्रमहरुको तालिका :

फोटो : धिरेन पुर्जा मगर

Wednesday, March 2, 2016

भिम माविको स्वर्ण जयन्ति बैशाखमा

                  देविस्थान गा.वि.स.को पहिलो विधालय श्री भीम माध्यमिक विधालयले आफ्नो स्वर्ण जयन्ती मनाउने भएको छ। "देवीस्थान बासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्दता" भन्ने मूल नाराका साथ मनाउन लागिएको स्वर्ण जयन्ती यहि २०७३ वैशाख ३ गतेका दिनदेखि सुरु हुने भएको छ।

बिद्यालयको स्वर्ण जयन्तिको अबसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका शिक्षा प्रेमीहरुलाई आर्थिक तथा भौतिक सहयोग गरिदिन अपिल गर्नुका साथै स्वर्ण जयन्तीको अवसरमा  विभिन्न कार्यक्रमहरु गर्ने जानकारी समेत गराएको छ।